रिडर्स कर्नरमा शुरू भयो किताब मेला
पाेखरा | असोज २२, २०८०
पोखरा: पोखरा ९ न्यूरोडस्थित रिडर्स कर्नरमा किताब मेला शुरू भएको छ। नयाँ तथा पुराना किताब खरिदमा विशेष छुटसहित किताब मेला शुरू भएको हो।
रिडर्स कर्नरका सञ्चालक विजय भण्डारीले असोज २१ गतेदेखि कात्तिक ४ गतेमसम्म किताब मेला चल्ने जानकारी दिए। हरेक वर्ष जस्तै, रिडर्स कर्नरमा किताब विशेष चाड बनाउनका लागि किताब मेला शुरू गरिएको भण्डारीको भनाइ छ। “रिडर्स कर्नरमा यसअघिका वर्षमा पनि किताब मेला हुँदै आएको छ। यो छैटौँ किताब मेला हो,” उनले भने, “चाडबाडलाई किताब विशेष बनाऔँ भनेर किताबप्रेमीलाई केही सहुलियतसहित किताब मेला शुरू गरेका छौँ।”
भण्डारीका अनुसार किताब खरिद गर्दा विभिन्न छुटको व्यवस्था छ। १९ सय ९९ रूपैयाँको किताब खरिद गर्दा १० प्रतिशतसम्म छुट, २ हजारदेखि ३४ सय ९९ रूपैयाँसम्मको किताब खरिद गर्दा १५ प्रतिशत छुट पाइनेछ। ३५ सयदेखि ४९ सय ९९ रूपैयाँसम्मको किताब खरिद गर्दा २० प्रतिशत छुट र लक्की ड्र मार्फत एउटा किताब सित्तैमा पाइनेछ। यस्तै, ५ हजार रूपैयाँभन्दा धेरैको पुस्तक खरिद गर्दा २५ प्रतिशत छुट र २ वटा किताब सित्तैमा पाइनेछ।
पुस्तकालयले किताब खरिद गर्दा १० हजारदेखि २५ हजार ९९९ नेपाली साहित्यको किताब खरिदमा २० प्रतिशत र अँग्रेजी किताब खरिद गर्दा १५ प्रतिशतसम्मको छुट पाइनेछ। २६ हजारदेखि ४९ हजार ९९९ रूपैयाँसम्मको नेपाली साहित्यको किताब खरिद गर्दा २५ प्रतिशत र अँग्रेजी साहित्यको किताब खरिद गर्दा २० प्रतिशत छुट पाइनेछ।
५० हजारदेखि माथिको नेपाली साहित्यको किताब खरिदमा ३० प्रतिशत र अँग्रेजी साहित्यको किताब खरिद गर्दा २५ प्रतिशत छुट पाइनेछ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

